हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २ः३० बजे एक आक्रमणकारी खान र उनकी श्रीमती करिना कपुरको बान्द्राको घरमा प्रवेश गरेका थिए । यो समयमा खान परिवारसँगै घरमा थिए।
प्रहरी अधिकारीका अनुसार १ अज्ञात व्यक्ति खानको घरमा प्रवेश गरेका थिए। त्यसपछि ती व्यक्ति र खानबीच झडप भएको थियो। यस क्रममा खान घाइते भएका हुन्।
घटनालगत्तै उनलाई लीलावती अस्पताल लगिएको थियो। लीलावती अस्पतालका सीओओ डाक्टर नीरज उत्तमानीका अनुसार खानलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये २ गहिरो छन्। एउटा घाउ मेरुदण्डको छेउमा लागको छ। उनको शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ।
आक्रमणकारी घटनास्थलबाट भागेको र खोजी गरिरहेको समाचारले बताइएको छ।





