Lucky-Khabar_

 बाराको पचरौता नगरपालिका–३मा वडा अध्यक्ष कुर्मीले ४ कोठे विद्यालय भवनको शिलान्यास गरे

३माघ्,कलैया | बाराको पचरौता नगरपालिका–३मा वडा अध्यक्ष कुर्मीले ४ कोठे विद्यालय भवनको  रामनगर टोल स्थित रहेको  विद्यालयमा भवन बनाउनको लागि शिलान्यास भएको छ।

एक  कार्यक्रमवीच बुधबार नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा थप चार कोठे भवनको शिलान्यास गरिएको हो। नगर प्रमुख जलन्धर सिंहको बिशेष पहल तथा पालिका स्तरीय बजेटबाट सो भवन निर्माण हुने भएको हो।

उक्त भवनको पचरौता नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मीले वैदिक मन्त्रविच शिलान्यास गरेका हुन्।

दुईतल्ले भवनमा २/२ कक्षाकोठा निर्माण गर्न लागिएको वडा अध्यक्ष कुर्मीले बताए ।

सो  शिलान्यास कार्यक्रममा नगर प्रमुख जलन्धर सिंह,समाजसेवी भैयाराम सहनी,अवधकिशोर प्रसाद यादव,बिनोद पटेल विद्यालयका प्रधानाध्यापक,शिक्षक,अभिभावक तथा स्थानीयहरूको उपस्थिति रहेको हो।

 

content ad p2

सम्बन्धित खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

रोकिएको पर्सा यातायात कार्यालयको भवन निर्माण तत्काल अघि बढाउने मन्त्री थापाको प्रतिबद्धता

लक्की खबर

JHARIMAI CONSTRUCTION ले सुरु गर्‍यो निर्माण सेवा

लक्की खबर