६माघ्, वीरगञ्ज । नेशनल मेडिकल कलेज वीरगञ्ज मा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्र २०८१/८२ (सन् २०२४/२५) का स्नातक तह (यूजी) को पहिलो वर्षका विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई स्वागतसँगै अभिमुखीकरण गरिएको हो ।

सो कार्यक्रममा एमबिबिएस, बीडिएस, बीएमआईटी, बीएमएलटी, बीएससी नर्सिङ, र बीएनएस कार्यक्रमअन्तर्गत अध्ययन गर्न आउने विद्यार्थीहरूका साथै अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई शैक्षिक यात्रा, भर्ना प्रक्रिया, पाठ्यक्रम, र कलेजको नीति तथा प्रक्रियाबारे जानकारी दिइएको थियो । अभिभावकहरूले पनि कलेजको शैक्षिक गुणस्तर र पूर्वाधारबारे सन्तुष्टि व्यक्त गरेका छन् ।
“नेशनल मेडिकल कलेजले विद्यार्थीहरूलाई मात्र नभई तिनका अभिभावकहरूलाई समेत विश्वास र सन्तुष्टि दिने वातावरण प्रदान गर्दै आएको छ । हाम्रो उद्देश्य शैक्षिक क्षेत्रलाई गुणस्तरीय र व्यवहारिक बनाउन निरन्तर अघि बढ्नु हो भनि कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीले बताए |
“यहाँ आउने प्रत्येक विद्यार्थीलाई हामी भविष्यका कुशल स्वास्थ्यकर्मीका रूपमा विकसित गर्ने वचन दिन्छौं । विद्यार्थीहरूको उत्साह र अभिभावकहरूको समर्थनले हामीलाई अझ उत्कृष्ट परिणाम प्राप्त गर्न प्रेरणा मिलेको छ ।”सोही अवसरमा कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले बताए |




