७ माघ,वीरगञ्ज ।आगोले बारामा जलेर एक वृध्दाको मृत्यु भएको छ।

आगोले जलेर मृत्यु हुनेमा प्रसौनी गाउँपालिका–७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह कानु भएको हो। अनुसार आफ्नै घर अगाडि परालको आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन भनि प्रहरी कार्यालय बाराले बताएको छ ।
स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर थप उपचारको लागि काठमाडौँतर्फ लैजाने क्रममा गएराति बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


