Lucky-Khabar_

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले सबै काण्डको छानबिन समिति माग्नेवाला छौँ बताए

१८ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सबै काण्डको छानबिन समिति माग्नेवाला छौँ बताए | उनले  राजकीय पदमा पुगेका व्यक्तिको सम्पत्ति छानबिनका निम्ति न्यायिक आयोग गठनको पनि  माग गरिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले पार्टीको योजना सुनाउँदै यस्तो बताएका हुन् ।

वाग्लेले  भने“हाम्रो अब चिरस्थायी माग हुुनेछ, नेपालको जाँचबुझ आयोग ऐनअन्तर्गत पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन हुनुपर्नेछ । सबै राजकीय पद ग्रहण गरेका नेताहरूको सम्पत्ति छानबिन गरेर अब हामी अगाडि जानुपर्नेछ,”  ।
सांसद वाग्लेले चर्चामा रहेका सबै भ्रष्टाचारकाण्डको छानबिनका निम्ति समिति माग गर्ने योजना पनि सुनाए । “अब अहिले चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक गरेर छानबिन समिति माग्नेवाला छौँ । भुटानीदेखि कम्बोडियासम्म, बाइडबडीदेखि एनसेलसम्म, बालुवाटारदेखि गिरीबन्धुसम्म यी सबैको छिनोफानो अब हामीले गर्नुपर्ने हुन्छ,” उनले भने ।

दुई तिहाइको सामर्थ्य भएको वर्तमान सरकार पार्टी सभापति रवि लामिछानेमाथि खनिएर महत्त्वपूर्ण अवसर गुमाएको उनले बताए ।

 


content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर