Lucky-Khabar_

०५८ देखि त्रिवि स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

२४माघ,काठमाडौं, त्रिभुवन विश्वविद्यालयले ०५८ सालदेखि स्नातक र स्नातकोत्तर तहमा  अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् ।

content ad p2

अनुत्तीर्ण तथा विभिन्न कारणवश स्नातक तह र स्नातकोत्तर तहको पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालयले मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

आजदेखि त्रिविले उक्त मौका परीक्षाको फारम खुलाएको छ । त्रिविले आज सूचना सार्वजनिक गर्दै भनेको छ, ‘वार्षिक परीक्षा प्रणालीअनुसार ०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत चारवर्षे र तीनवर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो र स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा मिति ०८१ साल माघ २४ गतेदेखि ०८१ साल फागुन २३ गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फाराम भरी बुझाउनुहुन अनुरोध छ ।’

सम्बन्धित खबर

बौधीमाईको शंकर माविमा राहत शिक्षक नियुक्ति पारदर्शी बनाउन स्थानीयवासीको माग

लक्की खबर

PMC एकेडेमी वीरगञ्जको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

लक्की खबर

उच्च अदालतको आदेशसमेत अटेर गरेको आरोपमा प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

लक्की खबर