Lucky-Khabar_

काठमाडौँको कमलपोखरी एक म.म. पसलमा ग्याँस सिलिण्डर विस्फोटभई १४ जना घाइते

२४ माघ, काठमाडौँ । काठमाडौँको कमलपोखरी एक मःमको पसलमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । आज बिहान पौने ९ बजेतिर भएको विस्फोटमा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था सामान्य रहेको र ११ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

content ad p2

घाईतेहरुको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचार भइरहेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक, एसएसपी शेखर खनालले बताए ।

कमलपोखरीको सानदार मःम पसलमा ग्यास विस्फोट हुँदा त्यहाँका कामदार घाइते भएका हुन् । ग्यास विस्फोटका कारण भुइँतलाको भवनमा समेत क्षति भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर

रौतहटमा १८ वर्षीया युवती मृत फेला, दाइजोको दबाब र हत्या आरोपबारे प्रहरीले अनुसन्धान गर्दै

लक्की खबर