Lucky-Khabar_

वीरगञ्जमा प्रकृतिको मृत्युको बिरोधमा अनेरास्ववियु र वीरगञ्ज स्कुल अफ ल द्वारा प्रदर्शन

६ फागुन,वीरगञ्ज । वीरगञ्जमा भारतको ओडीशा राज्यस्थित प्रतिष्ठित शिक्षण संस्था कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली छात्रा प्रकृतिको मृत्युको बिरोधमा अनेरास्ववियु र वीरगञ्ज स्कुल अफ ल द्वारा प्रदर्शन गरेको छ ।

content ad p2

अनेरास्ववियु पर्साका जिल्ला सचिव पवन यादवले बताए अनुसार वीरगञ्जको घण्टाघरबाट सुरु भएको विरोध प्रदर्शन भारतीय महावाणिज्य दूतावाससम्म लैजाने योजना रहेपनि प्रहरी हस्तक्षेप गरिएको छ। घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कडा कारबाहीको माग गर्दै नेपाल सरकारलाई भारतीय पक्षसँग कूटनीतिक पहल गर्न उनले आग्रह गरे ।

विरोध प्रदर्शनको क्रममा नेतृत्व गर्दै अनेरास्ववियू पर्सा जिल्ला ईन्चार्ज रेयाज अन्सारीले छात्रा प्रकृति लम्सालको मृत्यु रहस्यमय देखिएकाले घटनाको वास्तविकता छानबिन गरेर दोषीलाई कानूनी दायरामा ल्याइनुपर्छ भनि बताए ।
विरोध कार्यक्रममा अनेरास्ववियू पर्साका जिल्ला सचिव पवन यादव, महानगर अध्यक्ष आशिफ अहमद, ईकाई अध्यक्ष अर्मान हाश्मी, ईकाई सचिव सञ्जय यादवलगायत अनेरास्ववियुका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै  वीरगञ्ज स्कुल अफ ल ले  वीरगञ्जमा दीप प्रज्वलन  गरि मृतक लम्सालप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिनका लागि दबाब दिन दीप प्रज्वलनसँगै प्रदर्शन गरिएको वीरगञ्ज स्कुल अफ ल का प्रबन्ध निर्देशक अधिवक्ता सुधिर कर्णले बताए । सो प्रदशनमा  कलेजमा अध्ययनरत कानुन संकायका विद्यार्थीहरुको सहभागिता रहेका थिए ।

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर