Lucky-Khabar_

राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई संघीयता सम्बन्धमा दिइएको सहायताबारे ठगी ट्रको रूपमा व्याख्या गरे

७ फागुन,काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा दिइएको सहायतालाई ठगीको रूपमा व्याख्या गरेका छन्। राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा नेपाललाई संघीयता सम्बन्धमा दिइएको सहायतालाई ठगी भएको बताएका हुन्।

content ad p2

ट्रम्पले नेपाललाई संघीयताका लागि दिइएको २० मिलियन अमेरिकी डलर ठगी भएको बताएका हुन्। नेपाललाई २० मिलियन डलर संघीयताका लागि दिइएको यो ठगी हो उनले भने। उनले नेपाललाई १९ मिलियन अमेरिकी डलर जैविक विविधता संरक्षणका लागि पनि दिइएको बताएका छन्।

यी दुवै सहायतालाई ट्रम्प प्रशासनले अहिले रद्द गरेको छ। उनका सहयोगी एलन मस्कले यी दुवै सहायता रद्द गर्न ह्वाइट हाउस प्रशासनलाई सुझाव दिएका थिए। सोही सुझावअनुसार ट्रम्प प्रशासनले गत १६ फेब्रुअरीमा यी दुवै सहायतालाई रद्द गर्ने निर्णय गरेको थियो।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर