Lucky-Khabar_

वीरगञ्ज भन्सारमा एअर गनसहित भारतीय नागरिक पक्राउ

९ फागुन,वीरगञ्ज । विरगंजमा एयर गनसहित भारतीय नागरिक पक्राउ ।
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म वीरगञ्जले भन्सार मेनगेटबाट पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा एक भारतीय नागरिकलाई एअर गनसहित नियन्त्रणमा लिएको छ।
जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित वीरगञ्ज भन्सार कार्यालयको मेनगेट अगाडि सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको चेकप्वाइँट ड्युटी टोलीले एयर गन र पेलेट्ससहित मिम्मर हुसेनलाई नियन्त्रणमा लिएको छ।

दिउँसो १:३० बजे गरिएको नियमित चेकजाँचका क्रममा भारतको कोलकत्ता, खिदिरपुर घर भई नेपालको ललितपुरमा कोठा भाडामा लिएर फर्निचर उद्योगमा काम गर्दै आएका ३४ वर्षीय हुसेनलाई एयर गन (मोडल नं. M35) र त्यसमा प्रयोग हुने ८२ ओटा गोली (पेलेट्स) सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका हुसेनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीको लागि प्रहरी चौकी इनर्वा, पर्सामा बुझाइएको गुल्मले जानकारी दिएको छ।

content ad p2

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर