Lucky-Khabar_

विमलेश र नम्रताले गरे दाइजोविहीन अन्तरजातीय विवाह

१२ फागुन, वीरगञ्ज । चन्द्रनगर गाउँपालिका-३सर्लाहि निवासी २५ वर्षीय विमलेश महतो र गोडैता नगरपालिका-१० सिसौटियाकी २३ वर्षीया नम्रता साहले दाइजो रहित आदर्श विवाह गरेका छन्। मधेसमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र जातीय विभाजनलाई चुनौती दिँदै उनीहरूले प्रेम, समानता र सामाजिक एकताको उदाहरण प्रस्तुत गरेका हुन् ।

मलंगवा निवासी संजित मण्डलका अनुसार, यदि विमलेशले चाहेको भए २० लाखसम्म दाइजो लिन सक्थे, तर उनले दाइजो स्वीकार नगरी सामाजिक रूपान्तरणको पक्षमा उभिने निर्णय गरे।

content ad p2

बेहुलीका बुवा नरेश साहका अनुसार, यो विवाहले उमेर नपुगी भागेर गर्ने विवाहहरूलाई सकारात्मक वैकल्पिक उदाहरण प्रस्तुत गरेको छ। यस विवाहले प्रेम र समाज सुधारको महत्त्व दर्शाउँदै अन्य युवाहरूलाई प्रेरणा दिनेछ।

दुलहाका पिता उदि नारायण महतो भन्छन्, “मधेसमा विवाह प्रथामा गहिरो रूपमा जरा गाडेको जातीय सोचलाई परिवर्तन गर्न यस्ता विवाहहरू आवश्यक छन्। यसले परम्परा र आधुनिकतालाई सन्तुलनमा राख्दै समाजलाई समृद्ध बनाउनेछ।”

यस्तो विवाहले मधेसको परम्परागत सोचलाई चुनौती दिँदै दाइजोविहीन र अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

माग सम्बोधन नभए आइतबारदेखि आमरण अनसनको चेतावनी

Akleshsaran Patel

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

सांसद सुशील कानुको पहलपछि अस्ट्रेलियाबाट राकेश पटेलको शव नेपाल ल्याउने प्रक्रिया सुरु

लक्की खबर