Lucky-Khabar_

म्याग्दीमा शिव मन्दिर जाँदै गरेका दर्शनार्थी चढेको भ्यान दुर्घटना हुदा १ को मृत्यु,३ घाइते

१४ फागुन,काठमाडौं|म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइँठेभीरमा बुधबार दिउँसो शिव मन्दिर जाँदै गरेका दर्शनार्थी चढेको भ्यान दुर्घटना हुदा १ को मृत्यु ३ घाइते भएका छन्।

content ad p2

अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङतर्फ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान सडकबाट कालीगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ।

दुर्घटनामा परि सो भ्यानका चालकसमेत रहेकी अन्नपूर्ण गाउँपालिका–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए।


सख्त घाइते ५० वर्षीया रुपा पुन, ४२ वर्षीया नमिता चोचाङ्गी र ५२ वर्षीया बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको उनले बताए। नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रुहरू चढेको भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ।

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर