Lucky-Khabar_

वीरगञ्जमा सिमेण्टको मूल्यवृद्धि विरुद्ध माओवादी नेता अन्सारीको नेतृत्वमा प्रदर्शन

१५ फागुन,वीरगञ्ज ।वीरगञ्जमा सिमेन्टमा गरिएको कार्टेलिङ विरूद्ध नेकपा माओवादीका नेता तथा प्रदेशसभा सदस्यको नेतृत्वमा आज जेलुश प्रदर्शन गरेको छ ।प्रदेशसभा सदस्य अन्सारीको नेतृत्वमा वीरगञ्जमा सिमेन्टको मूल्यवृद्धिको विरूद्धमा जुलुश प्रदर्शन गरिएको हो ।

content ad p2

मूल्य बढेको बढेयै, हामी हेरेको हेरेयै, राज्य डुब्दैछ पूरै, राज्य हेरेको हेरेयै, लगायतका नारा लेखिएको प्लेकार्ड सहित वीरगञ्जको घण्टाघरबाट शुरू भएको विरोध प्रदर्शन मुख्य चोक माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुन घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।


कोणसभामा बोल्दै पूर्व राज्यमन्त्री समेत रहनुभएका नेता अन्सारीले निर्माण क्षेत्र ठप्प भएर सिमेन्टको माग पनि बजारमा छैन तरपनि सिमेण्टको मूल्य बढाएको भन्दै यसलाई सरकार मुकदर्शक बनेको बताउनुभयो ।

अन्सारीले सिमेण्ट उद्योगहरुले कार्टेलिङ गरेर सिमेन्टको मूल्य बढाएको भन्दै सर्वोच्च अदालतमा समेत रिट दिनुभएको छ । त्यसमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ ।

सम्बन्धित खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर