Lucky-Khabar_

काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

२५ फागुन,काठमाडौं । काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिना लामो पोखरा बसाइपछि आइतबार दिउँसो काठमाडौं फर्किदा उनको भव्य स्वागत भएकाछन् ।

content ad p2

काठमाडौं आएपछि सयौँ राजावादीहरू विमानस्थल क्षेत्र हुँदै उनलाई ¥यालीसहित निर्मल निवासतिर लागेका छन् । पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएछि गाडीबाट उठेर समर्थकलाई नमस्कार गर्दै हात हल्लाए ।

उनको स्वागतमा सयौँ राजावादीहरू नारा जुलुससहित अब महाराजगञ्जतिर लागेका छन् । आजै नारायणहिटीमा भित्र्याउने घोषणा गरेका दुर्गा प्रसाईं पनि निर्मल निवासतिर लम्किएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पूर्वराजा शाहलाई स्वागत गर्न पुगेका थिए । कयौँ राजावादी नेताहरूले विमानस्थल पुगेर शाहको जयजयकार गरे ।

पूर्वराजा शाह पोखराबाट आइसेपछि काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थक ¥यालीसहित निर्मल निवासतिर हिँडिसकेका छन् । गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्मको यात्रामा निस्केका हुन् ।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर