Lucky-Khabar_

रास्वपा सभापति रवि लामिछाने तारिख बुझ्न कास्कीमा

२५ फागुन,काठमाडौं।पुर्व गृहमंत्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्कीतर्फ लागेका छन्।

content ad p2

लामिछानेको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन्। यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए।

लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटीमा रिहा भएका थिए। रवि सोमबार रुपन्देहीमा पनि जानेछन्। बुटवलस्थित सुप्रिम सहकारी ठगि प्रकरणमा लामिछाने १ करोड धरौटीमा रिहा भएका थिए।

सहकारी प्रकरणमा ४ जिल्ला कास्की, रुपन्देही, चितवन र काठमाडौंमा मुद्दा खेपिरहेका लामिछाने हाल राजनीतिक रुपमा भने निष्क्रिय रहेका छन्।

सम्बन्धित खबर

आँधी कहाँसम्म आइपुग्यो, तुफान कति टाढा छ?’ भन्दै प्रचण्डमाथि ज्ञानेन्द्र शाहीको व्यङ्ग्य

लक्की खबर

राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव शमानी रास्वपामा प्रवेश

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर