Lucky-Khabar_

प्रहरीले तस्करीको सामग्री समात्न चलायो गोली

८ चैत्र,जनकपुर| प्रहरीले तस्करीको सामग्री समात्न धनुषामा गोलि चलाएको छ।प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा तस्करीको सामान लुकाएर राखेको घरमा पुगी गोली चलाएको हो।

content ad p2


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जय यादव नेतृत्वको इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाको टोलीले घर घेराउ गरेर सामान समात्न खोज्दा महिलाको समूहले प्रतिकार गरेपछि प्रहरीले गोली चलाएर तस्करीको सामान नियन्त्रणमा लिएको छ। मुखियापटि पछिल्लो समय मदिरा तस्करीको ट्रान्जिन्ट प्वाइन्ट समेत बनेको छ।

धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए अनुसार तनावको अवस्था सिर्जना भएपछि गोली चलाउनु परेको छ। प्रहरी टोलीले तस्करीको सामान बरामदको लागि मुद्दामा छापा मार्दा स्थानीय तस्करहरूले महिलालाई अगाडि सारेपछि प्रहरीले हवाई फायर गरेको हो।

परिस्थिति नियन्त्रण भन्दा बाहिर जानबाट रोक्नका लागि बाध्य भएर हवाई फायर गर्नुपरेको धनुषाका प्रहरी निरीक्षक सञ्जय यादवले जानकारी दिए।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर