Lucky-Khabar_

छोरीको साथिलाई पटक-पटक बलात्कार गरेको गर्भवती भएपछि बाहिरियो घटना

१३चैत्र,वीरगञ्ज।वीरगञ्जमा नशालु पदार्थ खुवाएर छोरीको साथिलाई पटक-पटक बलात्कार गरेको गर्भवती भएपछि घटना सार्वजनिक भएको छ । पीडित किशोरी बलात्कारका कारण गर्भवती भएको र उनको गर्भ १० महिनाको भएको तथ्य बाहिर आएको छ ।

content ad p2

प्रहरीका अनुसार पीडकले किशोरीलाई पानीमा नशालु पदार्थ मिसाएर मानसिक रूपमा सुस्त बनाई पटक–पटक बलात्कार गरेको बाहिर आएको छ ।

आफू पीडकको घरमा पढ्न जाँदा यस्तो अमानवीय व्यवहारको सिकार भएको पीडित किशोरीले प्रहरीलाई दिएको बयानमा बताएकी छन् । पीडकले उनलाई पानीमा नशालु पदार्थ मिसाएर बेहोस बनाउने र त्यसपछि बलात्कार गर्ने गरेको किशोरीको बयान छ ।


पीडकले आफूलाई ज्यान मार्ने धम्की दिने गरेको र घटना बाहिर ल्याए बेइज्जत गराइदिने धम्की दिँदै नियमित रूपमा यौन शोषण गर्ने गरेका बताएका छ । पीडित किशोरी पीडककी छोरीकी साथी भएको र सोही नाताले उनको घरमा आउजाउ गर्ने क्रममा अपराधको सिकार बनेकी हुन् ।

पीडक ५२ वर्षीय शेख मोहम्मद अनवर वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुरका स्थायी बासिन्दा हुन् । हाल उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीमा बस्दै आएका थिए,प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पीडित किशोरीले दिएको जाहेरीका आधारमा आरोपी अनवरलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए । उनले भने, “हामीले पीडितको बयान र जाहेरीका आधारमा आरोपीविरुद्ध अनुसन्धान सुरु गरेका छौँ । उनलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।” प्रहरीले घटनालाई जबरजस्ती करणीको मुद्दाको रूपमा दर्ता गरेको छ।

घटना समाजमा लुकेर रहेको अपराधको एउटा डरलाग्दो उदाहरण बनेको छ । प्रहरीले मुद्दालाई गम्भीरतापूर्वक लिएको र पीडकलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता रहेको एसपी मिश्रले बताए । पीडित किशोरीको भविष्य र उनको स्वास्थ्यको रक्षा गर्न सबै पक्षको सहयोग आवश्यक देखिएको छ ।
घटनाले वीरगञ्ज क्षेत्रमा ठूलो तरङ्ग ल्याएको छ । स्थानीय बासिन्दाहरूले यस्तो जघन्य अपराधको कडा भन्दा कडा सजायको माग गरेका छन् । किशोरीको संरक्षण र न्यायका लागि आवाज उठ्न थालेको छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर