Lucky-Khabar_

प्रधानमन्त्री केपी शर्माओलीद्दारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

१४ चैत,काठमाडौँ । प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुुभकामना दिएका छन् ।

content ad p2

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको भेटमा चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरेका छन् ।

प्रेस चौतारीको दसौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको नयाँ केन्द्रीय कमिटी चयन भएको थियो ।

अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकाङ्क्षीहरुले आफूूसँग भेट गरे पनि आफूूले कसैलाई कुनै पदमा राख्नुु भनेर नतोकेको स्पष्ट गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालको सही सदुुपयोग गर्दै साम्प्रदायिक, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिकताका नाममा सङ्गठनभित्र कुनै पनि प्रकारको रोग (भाइरस) छिर्न नदिनेतर्फ सचेत गराए ।

भेटका अवसरमा चौतारीका नवनिर्वाचित अध्यक्ष पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदीलगायत सहभागी थिए।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर