Lucky-Khabar_

वीरगन्जको मुख्य सडक विस्तारको विरोधमा बजार आधा दिन बन्द गरि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१४ चैत, वीरगन्ज |वीरगन्ज बजारको मुख्य सडक २५/२५ मि.विस्तारको विरोधमा उत्रिएका घरधनी र व्यवसायीले विरोधस्वरूप बिहीबार बिहानदेखि मध्याह्न १२ बजेसम्म पसल बन्द गरेर उनीहरुले विरोध जनाएका हुन् ।

content ad p2


सडक विस्तार रोक्नका लागि ‘वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति’ गठन गरेर संघर्ष थालिएको हो ।

सो समिति साबिकको वीरगन्ज बचाउ संघर्ष समिति मातहतकै समिति रहेको समितिका संयोजक जवाहरप्रसाद गुप्ताले बताए । उनले समितिको चरणबद्ध संघर्ष जारी रहने बताए । सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आउनुअघि नै सडक विस्तारको काम सुरु गर्नु गलत भएको उनको भनाइ छ ।

वीरगन्ज–९ का वडाध्यक्ष समेत रहेका गुप्ताले मुख्य सडक २५/२५ मिटर विस्तार गर्दा वीरगन्जको इतिहास र सहरको अस्तित्व मेटिने खतरा रहेको बताए ।

गुप्ताले घरधनी र व्यवसायीलाई उचित मुआब्जा नदिई गरिने सडक विस्तारको काम स्वीकार्य नहुने पनि बताए । आफूहरुको मागलाई सम्बोधन नगरिए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए ।

वीरगन्जको मुख्य सडक विस्तारविरुद्ध घरधनीले दिएको रिट सर्वोच्च अदालतले फागुन २८ गते खारेज गरेको थियो । त्यसपछि सडक विभागले महानगर कार्यालयसँग समन्वय गरेर सडक फराकिलो गर्ने तयारी सुरु गरेको हो । विभागले महानगरसँग समन्वय गरी नापी कार्यालयमार्फत सडक सीमांकन प्रक्रिया अघि बढाएको छ ।

संघर्ष समितिले बिहीबार नै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई वीरगन्ज बचाउ ज्ञापनपत्र पठाउँदै मुख्य सडक विस्तारको काम रोक्न माग गरेको छ । प्रहरी उपरीक्षक गौतम मिश्र तथा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल समेतको उपस्थितिमा समितिका संयोजक जवाहरप्रसाद गुप्ताले उक्त ज्ञापनपत्र प्रजिअ अर्याललाई बुझाएका थिए । ज्ञापनपत्रमा समितिको माग अविलम्ब पूरा नगरिए संघर्ष जारी राख्ने चेतावनी समेत दिइएको छ ।

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर