Lucky-Khabar_

ठाकुरराम क्याम्पसमा स्ववियु सभापतिमा राजकुमार यादव विजयी

१४ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा राजकुमार यादव विजयी भएका छन्। आज दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार, स्ववियु सभापतिमा यादव १ हजार १ सय १५ मतका साथ राजकुमार निर्वाचित भएका हुन्।

यादवका निकटतम प्रतिस्पर्धी नेविसंघका सभापतिका उम्मेदवार विकास मण्डल धानुककले ६५३ मत पाएका छन ।समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरि किशोर यादवले ५६२ मत, सुधीर पटेल समूहका कमलेश कुमार यादवले ४५० मत र अनेरास्ववियुका पवन यादवले ३८६ मत पाएका छन्।सभापति पदमा १४ जना प्रतिस्पर्धामा थिए। यादवलाई कांग्रेसले नेविसंघको उम्मेदवार नबनाएपछि उनले नेपाल विद्यार्थी समुहबाट प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए। यस्तै स्ववियु सचिवमा यादव प्यानलकै मन्दिरा चौधरी ६७२ मतका साथ विजयी भएकी छन्।

उनका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका दिपक पटेलले ५९९ र नेविसंघका रोहित सिंहले ५४३ मत ल्याएका छन । यस्तै कोषाध्यक्षमा यादव प्यानलकै अंकित पटेल ८२२ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका दिपक पटेलले ६९० मत ल्याएका छन । १६ वर्षपछि ठाकुरराम क्याम्पसमा चैत ५ मा भएको निर्वाचनमा कुल १० हजार ७२९ मतमध्ये ४ हजार २९९ मत खसेको थियो।

content ad p2

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर