Lucky-Khabar_

नायब सुब्बासहित महोत्तरी मालपोतका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२२ चैत,जनकपुर ।  महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसहित तीन जनाविरुद्धअख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको अभियोगपत्र दायर गरेको छ।

content ad p2

कार्यालयका खरिदार मुन्नुकुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस मागिरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो।

अख्तियारले गरेको अनुसन्धानका क्रममा नायब सुब्बा चौधरीको समेत यस कार्यमा संलग्नता रहेको पुष्टि भएको जनाएको छ। आयोगले उनीहरुविरुद्ध एक महिनादेखि छ महिनासम्म कैद सजाय र ३५ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर