Lucky-Khabar_

वीरगञ्जमा श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा कुर्मीशास्कतिकरण मंच पर्साले निकालियो भव्य शोभा यात्रा

२४चैत, वीरगञ्ज ।वीरगञ्जमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा आज भव्य शोभा यात्रा निकालिएको छ ।

content ad p2

कुर्मी शास्कतिकरण सदनको भवन वीरगञ्ज-२४ रमगढ़वा देखि सुरु गरिएको शोभा यात्राले वीरगञ्जनगर परिक्रमा गरेको छ ।

शोभा यात्रामा कुर्मी(पटेल) समुदायका ब्यक्तिहरु संघीय सांसद वीना जसवाल,प्रदेश सांसद श्याम पटेल, रामनारायण कुर्मी,सुरेंद्र कुर्मी,शिव पटेल,मनोज चौधरी कुर्मी, लछुमन प्रसाद कुर्मी, रामरूप कुर्मी, पुरन कुर्मी,पूर्व वडा अध्यक्ष दसरत कुर्मी, संतोषानंद कुर्मी,लगायत कुर्मी सेवा सदन तथा कुर्मी ससक्तिकरण मंचका पदाधिकारीहरु,लगायत कुर्मी समुदायका अगुवा , युवाहरु र रामगढ़वा वासीको भव्य उपस्थिति रहेको थियो भने पूजामा बीरगंज रामगढ़वाका संतोष पटेल बेसेका थिए । विभिन्न मन्दिरका पुजारीहरू, धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यात्रामा भजन-कीर्तन, धार्मिक झाँकी तथा श्रद्धालुहरूको उत्साहपूर्वक सहभागिताले वातावरण भक्तिमय बनाएको थियो ।

त्यस्तै कुर्मी(पटेल) समुदाय श्रीरामजी वंशज भएको हुनाले श्रीरामजीको जन्मोत्सव रामनवमी पूजालाई धूमधामसंग मनाउने गरेको मंचका महासचिव अनुराग कुर्मी र रास्ट्रिय स्वन्तत्र पार्टीका मदेशप्रदेस यातायात बिभाग प्रमुख रामआर्यले जानकारी दिएका छ।


रामनवमी, जसलाई राम जयन्ती पनि भनिन्छ, भगवान् रामको जन्म दिवसका रूपमा मनाइन्छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका सुपुत्रका रूपमा चैत्र शुक्ल नवमीका दिन रामचन्द्रको जन्म भएको धार्मिक विश्वास रहिआएको छ । उनलाई भगवान् विष्णुको सातौँ अवतारका रूपमा पुजिन्छ ।

देशभरका राम मन्दिरहरूमा आज विशेष पूजा, रामायण पाठ, राम गीता वाचन, भजन–कीर्तन र व्रत बस्ने कार्यक्रमहरू आयोजना गरिएको छ ।श्रद्धालुहरूले घरघरमा समेत भगवान् रामको पूजा आराधना गरी रामनवमी पर्व उल्लासपूर्वक मनाइरहेका छन् ।

धार्मिक शास्त्रअनुसार भगवान् रामले आफ्नो जीवनमा आदर्श, नैतिकता र मर्यादालाई सर्वोच्च स्थान दिएको बताइन्छ, जसका कारण उनलाई मर्यादा पुरुषोत्तम उपाधि दिइएको हो । ‘रामराज्य’ आज पनि सुशासन र न्यायको प्रतीकका रूपमा स्मरण गरिन्छ ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर

मलेसियामा मृत्यु भएका ध्रुप महतो थारुको शव छिटो ल्याउन सांसद कानुको पहल

लक्की खबर