Lucky-Khabar_

नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकको न्यूनतम तलब नपाएको भन्दै प्रदर्शन

२४ चैत,काठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले मन्त्रिपरिषद्बाट पारित गरेको न्यूनतम तलब ४८ हजार रुपैयाँ पाउनुपर्नेमा सो नपाएको भन्दै विरोध जनाएका हुन्।

content ad p2

प्रदर्शनमा सहभागी चिकित्सकहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, ‘स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर’, र ‘आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

आन्दोलनमा उत्रिएका एक आवासीय चिकित्सकले बताए अनुसार सरकारले तोकेको न्यूनतम तलब ४८ हजार भए पनि उनीहरूले हाल मासिक १९ हजार ५०० रुपैयाँ मात्र पाइरहेका छन्। उनले यो आफूहरूमाथिको चरम श्रम शोषण भएको र त्यसैकारण आन्दोलनमा आउन बाध्य भएको बताए।

चिकित्सकहरूले कलेज प्रशासनले सरकारले निर्धारण गरेको तलब नदिई १९ हजार ५०० मात्र दिएर श्रम शोषण गरिरहेको आरोप लगाएका छन्। यस विषयमा कलेज प्रशासनको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर