Lucky-Khabar_

कुलमान घिसिङको पक्षमा माइतीघरमा प्रदर्शन

२४चैत,काठमाडौं।काठमाडौंमा कुलमान घिसिङलाई अपमानित ढंगले विधुत प्राधिकरणबाट बर्खास्त गरेको भन्दै विरोध प्रदर्शन भएको छ।

content ad p2

बिभिन्न संघसंस्थाहरुले कुलमान घिसिङ पुनर्वहाली संघर्ष आन्दोलन समिति बनाएर कुलमानको पक्षमा आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरुले उज्यालो नेपालका नायक कुलमानलाई बिचौलियाको सेटिङमार्फत हटाएको आरोप लगाएका छन्।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री र ऊर्जामन्त्रीको राजीनामा माग गरेका छन्। सांस्कृतिक भेषभुषाका साथै बाजागाजासहित प्रदर्शनकारीले कुलमानको पक्षमा नारावाजी गरेका थिए। प्रदर्शनकारीले देशको शान कुलमान घिसिङ लेखिएको प्लेकार्डका साथै टिसर्ट लगाएका थिए। घाटामा गएको संस्थालाई फाइदामा पुराएर कुलमानले के अपराध गरे भन्दै उनीहरुले सरकारलाई प्रश्न गरेका थिए।

सिंहदरबार र बालुवाटारमा बसेर भ्रष्ट बिचौलियाको कुरा सुनेर कुलमानलाई हटाइएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका थिए। उनीहरुले कुलमानको पुनर्वहालीको माग गर्दै निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर