Lucky-Khabar_

पानि परेको बेला चट्याङले दुईको ज्यान गयो, नौ जना घाइते भयो

२८चैत्, काठमाडौं ।पानि परेको बेला पश्चिम नेपालमा परेको चट्याङले डोटीको सायल गाउँपालिका–६ दल्लेखमा चट्याङ लागेर १ महिलाको मृत्यु नौ जना घाइते र बझाङमा पनि १ वृद्धाको मृत्यु भएको छ।

डोटीमा ३२ वर्षीया कमला नागरीको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनी घरमै रहेको बेला चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो। उनका १० वर्षीया छोरी तारा, ८ वर्षीया छोरा अभिषेक, ६ वर्षीय छोरा अबी र ३ महिनाका छोरा शंकर घाइते भएका छन्।

कमला नागरीकी छिमेकीहरू ४० वर्षीया तारा नागरी, ८० वर्षीय काली दमाइ र ६ वर्षीया खुसी नागरी पनि चट्याङबाट घाइते भएका छन्। सबै घाइतेलाई तत्कालै उद्धार गरेर जिल्ला अस्पताल डोटी पठाइएको प्रहरी स्रोतले जनाएको छ।

content ad p2

बझाङको बित्थड चिर गाउँपालिका–३ की ७८ वर्षीया धौली देवी बोहराको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ। उनी आफ्नै घरको भान्सा कोठामा खाना पकाउँदै गर्दा चट्याङले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
मृतक बोहराका नातिनीहरू १४ वर्षीया जस्मा र १३ वर्षीया पवित्रा बोहरा पनि चट्याङ लागेर घाइते भएका छन्। उनीहरूको पनि उपचारका लागि अस्पताल पठाइएको छ।

एकै दिनमा २ जिल्लामा ज्यान जाने र धेरै नागरिक घाइते हुनेगरी चट्याङ परेको यस घटनाप्रति दु:ख व्यक्त गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायले मौसम परिवर्तनसँगै चट्याङ जस्ता प्राकृतिक विपत्तिबाट सतर्क रहन सर्वसाधारणलाई अपिल गरेका छन्।

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर