Lucky-Khabar_

वीरगञ्जमा प्रशासनले मध्यरात १२ बजे सम्म कर्फ्यु जारी राख्ने सर्वपक्षिय निर्णय

३१ चैत, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा आज भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै स्थानीय प्रशासनले लगाएको जारी कर्फ्यु मध्यरात १२ बजे सम्म कायम राख्न्ने निर्णय गरेको हो ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधी र सुरक्षा निकायका प्रतिनिधीको सहभागीता रहेको बैठकले कर्फ्यु नहटाउने निर्णय गरेको प्रशासकिय अधिकृत दीपक पटेलले बताए । बैठकले शनिबार साँझ वीरगञ्जमा भएको घटनाको समिक्षा गर्दै धार्मिक सदभाव भड्कन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको बताइएको छ ।

content ad p2

वीरगञ्जमा आइतबार विहान देखि सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेकोले निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा, हुलहुज्जत र भेला नभएकोले सामाजिक सञ्जालमा आएका केही भिडियोको भ्रामक प्रचारमा नलाग्न सम्वन्धित पक्षलाई स्थानीय प्रशासनले सचेत गराएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा आइरहेका भिडियो प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई नियन्त्रणमा लिइएको बताए । आइतबार विहान देखि १० बजेको अन्तरमा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको प्रहरी नायव उपरिक्षक लम्सालले बताए । कर्फ्यु लगाइएको क्षेत्रमा सुरक्षा निकाय तैनाथ गरिएको छ ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर