Lucky-Khabar_

आन्दोलनबाट फर्किएका झापामा बस दुर्घटना हुदा १४ शिक्षकसहित २१ जना घाइते

१३बैसाख,काठमाडौं|यात्रुवाहक बस दुर्घटना हुँदा झापाको शिवसताक्षीमा १४ शिक्षकसहित २१ जना घाइते भएका छन्। काठमाडौँबाट झापा आइपुगेको सयपत्री यातायातको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको रात्रि बस शिवसताक्षी नगरपालिका- ९ दुधेस्थित मिलन चौकमा शनिबार बिहान अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

content ad p2


घाइतेहरूमध्ये ९ जनाको बीएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। उनीहरूको अवस्थामा खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये १४ जना शिक्षक रहेका छन्। उनीहरू शिक्षक आन्दोलनमा सहभागी जनाउन झापाबाट काठमाडौँ गएका थिए।


बस चालक शिवसताक्षी नगरपालिका ८ झिलझिले निवासी ३८ वर्षीय महेन्द्र कन्दङवालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर