लालबाबु सिंह,राम आर्य
१३ बैशाख, वीरगन्ज । २०८२सालको भित्तेपात्रो वीरगन्ज युवा समाजले लोकार्पण कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ । वीरगन्जको अलखिया स्थित होटल मकालुको सभाहलमा प्रमुख अतिथी नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश संयोजक डाक्टर निरज कुमार सिंहले उक्त भित्तेपात्रो लोकार्पण गरेका हुन ।

सो लोकार्पण कार्यक्रम वीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा भएको छ | बिशिस्ट अतिथिहरु वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं ,जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट ,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , होटल मकालुका डाईरेक्टर तथा भेट्रान्स क्लब वीरगन्ज का वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठ रहेका थिए |
त्यस्तै फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ ,संस्थापक सल्लाहकार मार्टिन मोक्तान, कुर्मी सशक्तीकरण मन्च पर्साका अध्यक्ष दिपक पटेल, समाजका उपाध्यक्ष सुभद्रा राणा,अस्मिता गौतम,सदस्यहरु पुर्ण गुरुङ , सुशील श्रेष्ठ ,निरज श्रेष्ठ , राजु गुप्ता,सुमन पौडेल,मनोज गुप्ता,शैलेन्द्र यादव ,कमलेश गुप्ता लगायत पदाधिकारी सदस्यहरुको बाक्लो सहभागिता रहेको थियो ।

सो कार्यक्रममा वीरगन्ज युवा समाजका सदस्य डा. निरज चौधरीले भारत राजस्थानको मेवाडा युनिभर्सिटी बाट व्यवस्थापन संकायमा विद्यावारिधी PHD सफलतापुर्बक पूरा गर्नु भएकोमा चौधरिलाइ टीका माला लगाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि डा. सिंहले वीरगन्ज युवा समाजले सधै युवा,समाज र देशमा बिधमान कुरिती ,बिकृती विसङ्गतीहरु बिरुद्ध लडनुको साथै आपत बिपत परेको समयमा अग्रस्थानमा रहि समुदाय संग हातेमालो गरि विभिन्न कार्यक्रम गरि सेवा गर्दै आएको छ , र समाजको कार्य बिगत १३ बर्षदेखी निरन्तर अझ बढी प्रभावकारी रुपले सेवा गरिरहेको बताउदै सम्पूर्ण युवा समाज परिवार लाई हार्दिक धन्यवाद बधाई र शुभकामना दिनु भयो । 
डा. सिंहले अब उप्रान्त समाजलाइ वीरगन्जको ट्राफिक ब्यवस्थापनमा प्रशासन संग हातेमालो गरि स्थानियहरुलाइ गाडी ,मोटरसाइकलहरु पार्किङमा लगाइ पैदल बजार गर्न जनचेतना फैलाउन जरुरी छ किनभने यसले ट्राफिक समस्या कम हुने र अलि अलि पैदल हिडदा हामिहरुको स्वास्थ्य राम्रो हुने आग्रह गर्नु भयो ।
सो अवसरमा अध्यक्ष थापाले परिवर्तनको लागि वीरगन्ज युवा समाज भन्ने मुलमन्त्रलाई आत्मसात गरि अग्रज सल्लाहकारहरु, शुभेच्छुकहरु एवं साथिभाइको साथ सहयोगले हामिले विभिन्न गुणस्तरीय कार्यहरु गर्दै आएको छौ र आउने समयमा अझ बढी प्रभावकारी रुपले दिनदुखी असहायको साथै देश समाजको सेवा सहयोग गर्नेछौ भनी प्रतिबद्धता व्यक्त गर्दै सम्मानित हुने हाम्रा सदस्य चौधरिलाइ बधाई तथा शुभकामना दिदै छोटो समयको निमन्त्रणा स्विकारी युवाहरुको हौसला बढाइदिनु भएकोमा सम्पुर्णलाई हार्दिक आभार प्रकट गरेका थिए ।
कार्यक्रममा समाजको कार्यहरु बारे प्रकाश सल्लाहकार मार्टिन मोक्तानले गरेका थिए भने स्वागत मन्तव्य समाजका सदस्य पंकज श्रेष्ठ र सहजिकरण सदस्य बिनोद धिमालले गरेका थिए ।


