Lucky-Khabar_

आन्दोलनबाट फर्किएका झापामा बस दुर्घटना हुदा १४ शिक्षकसहित २१ जना घाइते

१३बैसाख,काठमाडौं|यात्रुवाहक बस दुर्घटना हुँदा झापाको शिवसताक्षीमा १४ शिक्षकसहित २१ जना घाइते भएका छन्। काठमाडौँबाट झापा आइपुगेको सयपत्री यातायातको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको रात्रि बस शिवसताक्षी नगरपालिका- ९ दुधेस्थित मिलन चौकमा शनिबार बिहान अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

content ad p2


घाइतेहरूमध्ये ९ जनाको बीएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। उनीहरूको अवस्थामा खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये १४ जना शिक्षक रहेका छन्। उनीहरू शिक्षक आन्दोलनमा सहभागी जनाउन झापाबाट काठमाडौँ गएका थिए।


बस चालक शिवसताक्षी नगरपालिका ८ झिलझिले निवासी ३८ वर्षीय महेन्द्र कन्दङवालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

देवानगञ्ज गोलीकाण्डको घटनामा परि उपचाररत अर्का युवकको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

लक्की खबर

उपचारमा लापरबाहीको आरोपपछि न्यायको माग गर्दै बहुअरी चोकमा धर्ना:नारायणी अस्पताल प्रकरण

लक्की खबर