Lucky-Khabar_

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटायो

१८बैसाख्, वीरगञ्ज । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।

content ad p2

निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेल/मट्टीतेलमा १ र हवाई ईन्धनमा ४ रुपैयाँ मूल्य घटाइएको हो ।

यस्तै एलपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत् राखिएको छ ।


नयाँ मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १५५,दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा १४२, दोस्रो वर्गमा १४४,तेस्रो वर्गमा १४५ कायम गरिएको छ । हवाई इन्धन आन्तरिकतर्फ १२१ कायम गरिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाण्डौ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

सम्बन्धित खबर

पेट्रोलियम पदार्थ दोहोरो अङ्कमा मूल्य बढेर आएपछि महँगिने संकेत, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

लक्की खबर

सुनको मूल्यमा २८ सय रुपैयाँको गिरावट, प्रतितोला २ लाख ८५ हजार २ सय

लक्की खबर

एक वर्षका लागि १५ अर्बको ऋणपत्र नेपाल राष्ट्र बैंकले जारी गर्दै

लक्की खबर