Lucky-Khabar_

पूर्वसभामुख अग्नी सापकोटाको मुद्दामा सर्वोच्चको एकै पटक तीनवटा आदेश

२१ जेठ, काठमाडौं। पूर्वसभामुख अग्नी सापकोटाको मुद्दामा सर्वोच्चको एकै पटक तीनवटा आदेश दिएको छ | सर्वोच्च अदालतले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी तीन वटा रिटमा फरक(फरक आदेश जारी गरेको छ। यसले लामो समयदेखि विचाराधीन रहेको यो मुद्दामा नयाँ मोड ल्याएको छ।

content ad p2

सर्वोच्च अदालतले द्वन्द्वकालमा मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले दायर गरेको रिटमा सापकोटाविरुद्ध अनुसन्धान अघि बढाउन उत्प्रेषणको आदेश दिएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको इजलासले यो आदेश जारी गरेको हो।

पूर्णिमायाले २०७९ मंसिर ७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् जब प्रहरीले अनुसन्धान गर्न लागेको फाइल मन्त्रिपरिषद्ले तामेलीमा राख्ने निर्णय गरेको थियो। यस आदेशसँगै अब सापकोटामाथि अनुसन्धानको बाटो खुलेको छ।

यता, अधिवक्ता सुशील प्याकुरेलसहित ८ जनाले सापकोटालाई मन्त्री बन्न रोक्न माग गर्दै २०७२ चैत २६ गते दायर गरेको रिट भने सर्वोच्चले खारेज गरिदिएको छ।

त्यस्तै सापकोटाले अदालतको अवहेलना गरेको भन्दै कनकमणि दीक्षितविरुद्ध दायर गरेको रिटमा पनि सर्वोच्चले मागदाबी नपुग्ने आदेश दिएको छ।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर