Lucky-Khabar_

रौतहटका पत्रकार राजकुमार यादवमाथि पूर्वमन्त्री प्रभु साहको निर्देशनमा सुनयोजित संघातिक हातपात

राम आर्य
०८ साउन,रौतहट |पूर्वमन्त्री तथा (आजपा) का अध्यक्ष प्रभु साहको निर्देशनमा मौलापुर नगरपालिका–५ सोनरनिया निवासी पत्रकार राजकुमार यादवमाथि हातपात तथा कुटपिट गरिएको आरोप लागेको छ।

content ad p2


उक्त घटनामा पूर्वमन्त्री साहका छोरा विवेक साह, राजेश साहलगायतको समूह संलग्न रहेको बताइएको छ। पीडित पत्रकार यादवले केही दिन यता मौलापुर नगरपालिकामा भइरहेको विकास निर्माणका काममा अनियमितता तथा भ्रष्टाचारको भण्डाफोर गर्दै आएका थिए। विशेषगरी कालोपत्रे (डामर सडक) निर्माणमा गुणस्तरहीन काम भएको विषयमा उनले सामाजिक सञ्जालमार्फत रिपोर्टिङ गर्दै आएका थिए।यिनै रिपोर्टहरूमार्फत पार्टीको छवि कमजोर हुने डरले पूर्वमन्त्री साहले कुटपिट गराएको पत्रकार राजकुमार यादवको आरोप छ। पत्रकार यादवमाथि सार्वजनिक स्थलमै गालीगलौज गर्दै हातपात गरिएको अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्।

सो घटनापछि पत्रकार यादवले फेसबुक लाइभमार्फत आक्रोश पोख्दै दोषीहरूमाथि तत्काल कारबाहीको माग गरेका छन्। उनले भने, “म जनताको पक्षमा बोल्दा, विकासको नाउँमा भइरहेको भ्रस्टाचारको पोल खोल्दा मलाई धम्की दिइयो, अनि आज हातपातसम्म गरियो। यसले प्रेस स्वतन्त्रतामाथि संघातिक हमला भएको हो।

पत्रकार राजकुमार यादवलाई स्थानीय प्रशासनले उनलाई बचाएर सुरक्षित राखिएको र प्रहरी पक्षले अनुसन्धान अघि बढाएको बताएका छन् ।

सम्बन्धित खबर

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

लक्की खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर