Lucky-Khabar_

वीरगञ्जमा रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा ईश्वरीय रक्षासुत्र (राखी) ग्रहण कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
२४श्रावण,वीरगञ्ज |पवित्रता, दैवी मर्यादा, वैश्विक भ्रातृत्व, दिव्य आत्मिक प्रेम र सम्पूर्ण ईश्वरीय सुरक्षाको प्रतीकको रूपमा मनाइने रक्षाबन्धन एवम् संस्कार संशोधनको द्योतक पर्व जनै पूर्णिमाको अवसरमा शनिबार वीरगञ्जमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगञ्जको आयोजनामा ओम् शान्ति भवन, विर्ता–४ मा भएको कार्यक्रमको नेतृत्व ब्रह्माचारिणी ब्रह्माकुमारी रविना दिदीले गरेकी थिइन्। कार्यक्रमको प्रारम्भमा उपस्थित अतिथिहरूलाई ईश्वरीय रक्षासुत्र (राखी) अर्पण गर्दै पवित्रता, भ्रातृत्व र आत्मिक सुरक्षाको सन्देश दिइएको थियो।

content ad p2

राखी ग्रहण गर्नेहरूमा गन्यमान्य व्यक्तिहरू—गनेश लाठ, अशोक बैध, श्रवणबहादुर रायमाझी, अभिलाष गुप्ता, प्रदीप चौरसिया, प्रकाश थारु, डा. दीपक शाक्य, अमर क्याल, वरिष्ठ समाजसेवी मुर्लीधर रुङटा लगायतको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जको तर्फ बाट गोकुल भाईजी, गोवर्धन भाईजी लगायतकाहरुको विशेष सहयोग रहेको थियोे।

ब्रह्माकुमारी रविना दिदीले रक्षाबन्धनको वास्तविक महत्वबारे प्रकाश पार्दै यसलाई केवल दिदी–भाइको सम्बन्धमा सीमित नगरी, विश्वमै शान्ति, पवित्रता र भ्रातृत्वको सन्देश फैलाउने अवसरको रूपमा लिन आग्रह गरिन्। उनले जनै पूर्णिमाले दिने संस्कार संशोधनको प्रेरणासँगै, प्रत्येक व्यक्तिले आफ्नो विचार, व्यवहार र चरित्रमा पवित्रता स्थापना गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा सहभागी अतिथिहरूले ईश्वरीय रक्षासूत्रलाई दैवी संरक्षण र आत्मिक बलको प्रतीकका रूपमा ग्रहण गर्दै यसले जीवनमा सकारात्मकता, सद्भाव र आध्यात्मिक उत्थान ल्याउने विश्वास व्यक्त गरे।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर