Lucky-Khabar_

रास्वपामा पूर्व आर्मीका कर्णेल र पूर्व डीआइजी प्रवेश

राम आर्य
२९साउन,काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा नेपाली सेनाका पूर्व कर्णेल र सशस्त्र प्रहरीका पूर्व डीआइजी प्रवेश गरेका छन् |

content ad p2

बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष रहेका ललित बहादुर श्रेष्ठसहित नेपाली सेनाका पूवकर्णेल डाक्टर (एजम्) प्रद्युम्न पौडेल र सशस्त्र प्रहरी बलका पूर्व डिआइजी दुर्गा भट्टराई पार्टी प्रवेश गरेका हुन् भनि रास्पा पार्टिका प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै सोहि कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्व एसएसपी विश्वेश्वर थापा, अन्तर्राष्ट्रिय लायन्स क्लबको पूर्व गभर्नर र रेउकाई नेपालको पूर्वअध्यक्ष रहेकी महिला उद्यमी शोभा जोशी समेतले पनि पार्टी प्रवेश गरेका छन् । बुधिजिवी,सच्चा देशप्रेमी तथा पढेलेखेका ब्यक्तिहरु धमाधम रास्वपामा पार्टी प्रवेश गर्ने कार्य तिब्र गतिले भईरहेको प्रवक्ता झाले बताए |

पार्टी प्रवेश गर्नेहरूलाई कार्यवाहक सभापति डीपी अर्याल,पार्टी महामन्त्री कविन्द्र बर्लाकोटि,माननीय गणेश थापा लगायतले लोगो लगाएर स्वागत गरेका थिए |

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर