Lucky-Khabar_

रविले भैरहवा कारागारको भित्तामा लेखेर हिँडे- अब कृष्ण जन्मंदैनन्, जन्मेकैहरू बन्नुपर्छ

३१ साउन, काठमाडौं ।रास्वपा सभापति रवि लामिछानेले रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आउन लागेका आफू बसेको भित्तामा केही लेखेर आएको जानकारी पार्टीका नेताहरूलाई गराएका छन् ।

content ad p2

उनले भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा आफूले भित्तामा लेखेका विषयको जानकारी गराएका छन् ।जसबारे प्रवक्ता झाले जानकारी गराएका हुन् ।वाग्ले र झा कारागारमै भेट्नका लागि पुगेको भए पनि भेट्न नपाएको पनि उनले बताएका छन् ।

प्रवक्ता झाले कारागारमा भेट्न नपाएपछि गौतमबुद्ध विमानस्थलमा केहीबेर रविसँग भेट भएको र सो क्रममा उनले यसबारे जानकारी गराएको बताएका छन् ।‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’

रविले राजनीतिक प्रतिशोधको मंगलग्रह नै लागे पनि आफू नडराउने बताएको पनि झाले बताए ।‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले रविको भनाइ उद्धृत गर्दै भने, ‘जसरी सक्छन् जता सक्छन् लग्न देऊ । केही फरक पर्दैन ।’

लामिछाने १ सय २६ दिन भैरहवा कारागार बसेर आज नख्खु सरुवा हुन लागेका हुन् ।लामिछाने भैरवाबाट यूए ८६० बुद्ध एयरको जहाजमा अहिले काठमाडौं आइरहेका छन् ।

रवि लामिछाने

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर