Lucky-Khabar_

रौतहटको गौरमा सुटकेसभित्र भेटिए महिलाको सव , भारतकी २६ वर्षीया रुबीकुमारी साह रहेको पुस्टि

८भदौ,वीरगंज । रौतहटको गौरमा सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ। मृतक रौतहटको माधवनारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुबीकुमारी साह भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए।

content ad p2

कार्कीका अनुसार मृतक रुबीकुमारी साहको घर भारतको मुजफ्फरपुर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनका आफन्तहरू आएका छन्। थप अनुसन्धान भइरहेको छ,’ डिएसपी कार्कीले जनाए।

रुबीकुमारी साह एक महिनादेखि माधवपट्टीमा डेरा लिएर बस्दै आएकी थिइन्। उनको एक छोरा रहेको प्रहरीले जनाएको छ। सरदमुकाम गौर नपा वडा नं २ महादेव पट्टीमा डेरा गरेर बसेकी साह ब्यूटी पार्लर जान्छु भनेर घरबाट निस्केकी थिइन्। बेलुका ६ बजे परिवारले फोन गर्दा फोन नलागेपछि परिवारले प्रहरीलाई खबर गर्न सकेको थिएन।
प्रहरीको आशंका अनुसार उनको हत्या गरी शव सुटकेसभित्र राखी सडक किनारमा फालिएको हुनसक्छ।

शनिबार राति करिब साढे १० बजे गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट नजिकै बेवारिसे अवस्थामा सुटकेस भेटिएको थियो। शंकास्पद देखिएपछि प्रहरीले रातभर निगरानी गरेको थियो।आज बिहान सुटकेस खोल्दा सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर