Lucky-Khabar_

परवानीपुर गाउँपालिकाले फैलिएको हैजा रोकथामका लागि अनुगमन समिति गठन गरेको

वीरगंज । परवानीपुर गाउँपालिकाले फैलिएको हैजा रोकथामका लागि अनुगमन समिति गठन गरेको छ| परवानीपुर गाउँपालिकाले वीरगंज महानगरपालिकामा फैलिएको हैजाबाट प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै आपतकालीन बैठक बसेर आवश्यक तयारी गरेको छ।

content ad p2

बैठक गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेका थिए |उक्त बैठकमा वडा अध्यक्षहरू, स्वास्थ्य चौकी प्रमुख, एलएस न्युराे एण्ड जेनरल हस्पिटलका प्रतिनिधि तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । बैठकमा हैजाबाट पालिकामा पर्न सक्ने असर र रोकथामका उपायबारे गहन छलफल गरिएको थियो ।

बैठकमा अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले आफ्नो गाउपालिका बासीहरुको स्वास्थय होस वा पालिकाबाट हुने लिने कुनैपनि सहयोग र अधिकारमा कन्जुसाई कतै हुदैन भनि बताए |

त्यस्तै बैठकपछि प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको निर्देशनमा प्रत्येक वडामा एक–एक र पालिकास्तरमा एक अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ । समितिहरूले नियमित रूपमा अवस्था अनुगमन गरी आवश्यक कदम चाल्ने पालिकाले जनाएको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर