वीरगंज । परवानीपुर गाउँपालिकाले फैलिएको हैजा रोकथामका लागि अनुगमन समिति गठन गरेको छ| परवानीपुर गाउँपालिकाले वीरगंज महानगरपालिकामा फैलिएको हैजाबाट प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै आपतकालीन बैठक बसेर आवश्यक तयारी गरेको छ।


बैठक गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेका थिए |उक्त बैठकमा वडा अध्यक्षहरू, स्वास्थ्य चौकी प्रमुख, एलएस न्युराे एण्ड जेनरल हस्पिटलका प्रतिनिधि तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । बैठकमा हैजाबाट पालिकामा पर्न सक्ने असर र रोकथामका उपायबारे गहन छलफल गरिएको थियो ।

बैठकमा अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले आफ्नो गाउपालिका बासीहरुको स्वास्थय होस वा पालिकाबाट हुने लिने कुनैपनि सहयोग र अधिकारमा कन्जुसाई कतै हुदैन भनि बताए |
त्यस्तै बैठकपछि प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको निर्देशनमा प्रत्येक वडामा एक–एक र पालिकास्तरमा एक अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ । समितिहरूले नियमित रूपमा अवस्था अनुगमन गरी आवश्यक कदम चाल्ने पालिकाले जनाएको छ ।


