Lucky-Khabar_

खानेपानी मन्त्री यादव लाई ज्यान मार्ने धम्की दिने किरण प्रहरी नियन्त्रणमा

राम आर्य
बिरगंज । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव लाई मोबाइलमा फोन गर्दै ज्यान मार्ने धम्की दिँदै अपशब्द बोलेको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

बारा जिललाको कलैया उपमहानगरपालिका- २६ सिसुवा महेशपुर घर भई हाल वीरगञ्ज महानगरपालिका – १३ मुर्ली बस्दै आएकी तुलसी साहकी छोरीकी छोरी किरण साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार मन्त्री यादव र प्रमुख सिंहले युवतीले आफूहरूलाई ज्यान मार्ने धम्की दिएको भन्दै गरेको गुनासोको आधारमा साहलाई नियन्त्रणमा लिइएको हो । उनीसँग अहिले सोधपुछ चलिरहेको उनले जानकारी दिए ।

content ad p2

वीरगञ्जमा फैलिएको हैजा सङ्क्रमणका कारण किरण साहका परिवारका सदस्यहरू अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए । सोही विषयमा असन्तुष्टि व्यक्त गर्ने क्रममा फोन वार्तामा धम्कीजनक अभिव्यक्ति आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यसैबिच, मन्त्री यादवसँग किरण साहबिच भएको अभद्र संवादको अडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा शुक्रवारदेखि भाइरल बनेको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर