Lucky-Khabar_

जेन-जी’ को माग संविधानसम्मत सम्बोधन गर्न पूर्व विद्यार्थी नेताहरूको आग्रह, प्रतिगामी कदमविरुद्ध सडकमा उत्रिने चेतावनी

काठमाडौं । नेपालका प्रमुख विद्यार्थी संगठनका पूर्व नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै ‘जेन-जी’ आन्दोलनले उठाएका मागहरूलाई संविधानको परिधिभित्र रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले संसद् भित्रबाटै राजनीतिक निकास खोज्न र नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन्।

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका पूर्वअध्यक्ष नविना लामा, र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसहितका नेताहरूले गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेका छन्।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थी तथा आम जनताका मागहरूलाई सम्बोधन गर्न र जनचाहनाअनुरुप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै सम्भव छन्।’

content ad p2

उनीहरूले संसद विघटन, राष्ट्रपतिको राजीनामा, र कथित स्वतन्त्र व्यक्तिहरूको नेतृत्वमा सरकार गठनजस्ता प्रतिगामी मागका विरुद्ध सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्। यसले वर्तमान राजनीतिक परिस्थितिलाई थप जटिल बनाउन सक्ने देखिन्छ।एजेन्सी

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर