Lucky-Khabar_

नागरिकको सुशासनको अपेक्षा कसरी पुरा होला ? पर्सा प्रहरीको नौलो खेल : ठगी मुद्दामा आरोपी संजय ठाकुर साधारण तारेखमा छुटे

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कर्मचारीलाई धम्की र अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ परेका सर्लाहीका संजय कुमार ठाकुरलाई जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार साधारण तारेखमा छोडेको छ।

content ad p2

महानगरपालिकाले ठाकुरमाथि फर्जी वारेसनामा बनाएर नागरिकलाई धम्क्याउँदै रकम असुल्ने लगायतका गम्भीर आरोप लगाउँदै कानूनी कारबाहीको माग गरेको थियो। तर, प्रहरीले उनलाई माफी मागेपछि छोड्दा महानगरका कर्मचारी असन्तुष्ट बनेका छन्।

सर्लाही बलरा–८ का पूर्व नापी कर्मचारी ठाकुर अख्तियारमा नक्कली प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएपछि राजीनामा दिएका थिए। अहिले उनी विवादित जग्गा कागजातका नाममा बार्गेनिङ गरी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोप छ।

ठाकुरमाथि वीरगञ्जका १६ जग्गाधनीले ठगीको मुद्दा दर्ता गराइसकेका छन्। तर, प्रहरीद्वारा साधारण तारेखमा रिहा गरिँदा शक्ति प्रयोग र प्रहरीको निष्पक्षतामाथि प्रश्न उठेको छ।

प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार ठाकुरले माफी मागेकाले तारेखमा रिहा गरिएको हो, तर आवश्यक परे पुनः पक्राउ गरी अनुसन्धान गर्ने बताइएको छ।
#जिल्ला प्रहरी कार्यालय पर्सा #मालपोत_कार्यालय_पर्सा #वीरगञ्ज_महानगरपालिका

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर