Lucky-Khabar_

लोसपाका नेता जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

जनकपुर |लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। मधेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा जितेन्द्र सोनललाई नियुक्त गरेकी हुन्।

content ad p2

लोसपा नेता सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गरेकी हुन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेर दाबी पेस गरेकोमा प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा जितेन्द्र सोनललाई नियुक्त गरेको छ।

नेता सोनललाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी)सहित ५ राजनीतिक दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर