Lucky-Khabar_

दानबहादुर कार्की नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नयाँ महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी प्रमुखमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

content ad p2

वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधिपछि २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्। त्यसअघि नै सरकारले कार्कीलाई उत्तराधिकारीका रूपमा चयन गरेको हो।

कार्की हालसम्म काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए। उनले यसअघि मानव स्रोत साधन विभाग प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमाण्ड, र काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व समेत सम्हालेका थिए।

२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कार्कीले उपत्यकाको सुरक्षाको कमाण्ड सम्हालेका थिए। प्रहरी सेवामा इमानदार र संयमित अधिकारीका रूपमा परिचित कार्की कुनै ठूला आर्थिक विवादमा नजोडिएका व्यक्तिका रूपमा चिनिन्छन्।

विदेशी तालिम प्राप्त कार्की नेपाल प्रहरीका पूर्व केन्द्रीय प्रवक्ता समेत रहेका छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर