Lucky-Khabar_

पर्सामा शिक्षा पत्रकार समूह गठन, सामुदायिक विद्यालयका समस्यामा छलफल

१३ मंसिर, वीरगञ्ज । पर्सामा ‘शिक्षा पत्रकार समूह’ औपचारिक रूपमा गठन गरिएको छ। प्रमोद यादव अध्यक्ष रहने गरी बनेको उक्त समूहको घोषणा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा शनिबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष ओमप्रकाश खनालले गरे।

content ad p2

नवगठित समितिमा उपाध्यक्ष राजेन्द्र सिंह नेपाली, सचिव माधुरी महतो, सह–सचिव बलिराम यादव र कोषाध्यक्ष राजकुमारी यादव चयन भएका छन्। सदस्यहरूमा आंशु सर्राफ, विनोद यादव, अनिता कुँवर, एन्जल चौधरीलगायत सहभागी छन्। साथै, सल्लाहकार समितिमा शंकर आचार्य, तुलसी भण्डारी, भूषण यादव, क्रान्ति शाह र विजय महतो रहेको समूहले जनाएको छ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले सामुदायिक विद्यालयको भौतिक संरचना लोकतन्त्रपछि सुधारिए पनि विषयगत शिक्षकको अभावले शिक्षा गुणस्तर वृद्धि नपाएको बताए। उनले ‘युट्युबर आतंक’ का नाममा शिक्षकलाई अनावश्यक दबाब दिइनुले पठन–पाठन प्रभावित भएको टिप्पणी गरे।उनले योग्यताविहीन व्यक्तिलाई नातागोता हेरी ईसीडी शिक्षकमा नियुक्त गर्ने प्रवृत्तिले समस्या बढाएको उल्लेख गर्दै, शिक्षकलाई त्रसित बनाउने होइन, विद्यालयका चुनौती समाधानमा ध्यान दिनुपर्ने सुझाव दिए।

उपप्राध्यापक डा. सुष्मा तिवारीले २०४६ सालयता शिक्षामा पहुँच विस्तार भए पनि राज्यको लगानी घट्दै गएको बताइन्। मधेस प्रदेशको साक्षरता दर ६९ प्रतिशत मात्र रहेको उल्लेख गर्दै उनले पर्सा र वीरगञ्जका सामुदायिक विद्यालयमा शिक्षक अभाव, शौचालयको कमी, भौतिक पूर्वाधार कमजोर रहेको र अपांगता–मैत्री वातावरण नहुँदा समस्या गम्भीर बन्दै गएको जानकारी दिइन्। उनका अनुसार दाताले उपलब्ध गराएका धेरै कम्प्युटर प्रशिक्षक अभावका कारण प्रयोगमै आउन सकेका छैनन्।

कार्यक्रम शिक्षा पत्रकार समूह पर्साका अध्यक्ष प्रमोद यादवको अध्यक्षता र शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख मोती प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। नेपाल शिक्षक महासंघ वीरगञ्जका अध्यक्ष प्रदीप जयसवाललगायतको सहभागिता थियो।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर