Lucky-Khabar_

विराटनगरमा एमाले प्रतिनिधि छनोटमा पर्शुराम बस्नेतमाथि हातपात

विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन चलिरहेको बेला विराटनगरमा नेता पर्शुराम बस्नेतमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ।

content ad p2

शनिबार पाञ्चालीस्थित एमाले पार्टी कार्यालय बाहिर मतदानस्थलको बाहिरी चौरमा इतर समूहका कार्यकर्ताले संस्थापन पक्षका नेता बस्नेतमाथि हातपात गरेको बताइएको छ।घटनापछि केही समय मतदान प्रक्रिया रोकिए पनि परिस्थिती नियंत्रित भएपछि फेरि मतदान सुरू गरिएको निर्वाचन व्यवस्थापन पक्षले जनाएको छ।

एमाले स्रोतका अनुसार विवादको सुरुवात वडा नं. १२ का वडाध्यक्ष भानुभक्त पाठकले एक व्यक्तिलाई मतदानका लागि भित्र लैजाँदा भएको हो। सो व्यक्तिलाई पटक–पटक किन भित्र लैजाने भन्ने प्रश्न उठान गरेपछि दुई समूहबीच घर्षण बढेको बताइएको छ।यही क्रममै विनोद ढकाल नेतृत्वको समूहका कार्यकर्ताले बस्नेतमाथि कुटपिट गरेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर