Lucky-Khabar_

एक तोला चाँदीको मूल्य चार हजार नाघ्यो, सुनको भाउ पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला चाँदीको मूल्य ४ हजार ५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी सुनको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ ७ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।

content ad p2

यसअघि सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७ सय रुपैयाँसम्म पुगेको थियो।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर