Lucky-Khabar_

एक तोला चाँदीको मूल्य चार हजार नाघ्यो, सुनको भाउ पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला चाँदीको मूल्य ४ हजार ५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी सुनको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ ७ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।

content ad p2

यसअघि सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७ सय रुपैयाँसम्म पुगेको थियो।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर