Lucky-Khabar_

सनलाईट कप अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न, बिधासागर मा.बि. च्याम्पियन

वीरगञ्ज| वीरगञ्जस्थित नारायणी रङ्गशालामा आयोजना गरिएको सनलाईट कप अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल खेल प्याब्सन पर्साका नगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

content ad p2

कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधान, प्रदेश सल्लाहकार इमामुदिन अहमद, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, जीवन ज्योती स्कुलका सञ्चालक शिव गुप्ता, अमित आलोक, विजय बल तथा रङराजन चौरसिया लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा वीरगञ्जका १२ विद्यालय सहभागी थिए। फाइनलमा एम.ई.एस. मा.बि. र बिधासागर मा.बि. आमनेसामने भएका थिए। टस जितेर पहिला ब्याटिङ गरेको बिधासागर मा.बि.ले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १३० रन बनायो र एम.ई.एस. मा.बिलाई १३१ रनको लक्ष्य दियो।

जवाफी ब्याटिङमा एम.ई.एस. मा.बि. लक्ष्यमा पुग्न नसक्दा बिधासागर मा.बिले १९ रनको जित हात पार्दै उपाधि कब्जा गर्‍यो। फाइनल खेलको ‘म्यान अफ द म्याच’ बिधासागर मा.बिका आकाश कुश्वाहा घोषित भए।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता सनलाईट स्कुलका सञ्चालक आलोक चौरसियाले गरेका थिए।

आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन र प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

सम्बन्धित खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर

दाह्रा काटिएपछि ‘ध्रुवे’ को गतिविधि निकुञ्जभित्रै सीमित, उच्च सतर्कतामा प्रशासन

लक्की खबर