Lucky-Khabar_

बंगलादेशमा हिन्दु युवकको जिउँदै जलाएर हत्या भएको घटनाविरुद्ध वीरगन्जमा महिलाहरूको विरोध प्रदर्शन

राम आर्य
वीरगन्ज । बंगलादेशमा एक हिन्दु युवकलाई जिउँदै जलाएर हत्या गरिएको घटनाको विरोधमा बुधबार पर्साको वीरगन्जमा महिलाहरू र युवतीहरूले व्यापक प्रदर्शन गरेका छन्। विश्व हिन्दु परिषद नेपाल महिला विभागको अगुवाइमा आयोजित उक्त प्रदर्शनमा ठूलो संख्यामा किशोरी तथा छात्राहरूको सहभागिता रहेको थियो।

content ad p2

ठाकुरराम बहुमुखी क्याम्पस अगाडिबाट सुरु भएको विरोध जुलुस आदर्शनगर, माईस्थान र घण्टाघर चोक हुँदै नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। सो अवसरमा प्रदर्शनकारीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा बंगलादेशको मयमनसिंह जिल्लामा ३० वर्षीय हिन्दु युवक दिपुचन्द्र दासको भएको निर्मम हत्यामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरिएको छ।

प्रदर्शनकारीहरूले नेपाल सरकारसँग बंगलादेश सरकारसँग कूटनीतिक पहल गर्न आग्रह गर्दै विभिन्न मागहरू अघि सारेका छन्। जसअन्तर्गत घटनाको निष्पक्ष तथा अन्तर्राष्ट्रिय निगरानीसहित छानबिन गरिनुपर्ने, दोषीलाई कडा सजाय सुनिश्चित गर्न औपचारिक दबाब दिनुपर्ने र बंगलादेशमा रहेका हिन्दु अल्पसंख्यकहरूको जीवन, सम्पत्ति, धार्मिक स्वतन्त्रता तथा मठ–मन्दिरको सुरक्षा सुनिश्चित गरिनुपर्ने उल्लेख छ।

यसैगरी, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चहरूमा उक्त विषय उठाई बंगलादेशमाथि कूटनीतिक दबाब सिर्जना गर्नुपर्ने, साथै रोहिङ्ग्या र बंगलादेशी नागरिकको नाममा नेपालमा भइरहेको अवैध घुसपैठ र कट्टरपन्थी गतिविधिमाथि सीमा नाकामा कडा निगरानी गर्नुपर्ने माग समेत गरिएको छ।

प्रदर्शनका क्रममा सहभागीहरूले नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षाको संरक्षणप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।

सम्बन्धित खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

जनकपुरमा दुई दिन वार्ता : आन्दोलन स्थगित, हिन्दू राष्ट्रबारे सहमति भयो त

लक्की खबर

पेट्रोलियम पदार्थ दोहोरो अङ्कमा मूल्य बढेर आएपछि महँगिने संकेत, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

लक्की खबर