रौतहट |राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शेख सगिरले इशनाथ नगरपालिका वडा नम्बर ३, औरैयामा सयौंको संख्यामा नयाँ सदस्यलाई पार्टी प्रवेश गराएका छन्।

पार्टी प्रवेश कार्यक्रमसँगै स्थानीय जनतासँग भेटघाट तथा घरदैलो कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय बासिन्दाको समस्या र गुनासो सुन्दै पार्टीका नीति तथा उद्देश्यबारे जानकारी गराएका थिए।
घरदैलो तथा पार्टी प्रवेश कार्यक्रम रौतहट क्षेत्र नम्बर २ का कार्यवाहक सभापति ललन र उपसभापति विवेक पटेलको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति विश्वास व्यक्त गर्दै परिवर्तनको लागि साथ दिने प्रतिबद्धता जनाएका थिए।


