वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १४ (पिप्रा) र वडा नं. २३ (सबैठवा) का जेन्जि युवाहरू सयौँको संख्यामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
विभिन्न राजनीतिक दलबाट असन्तुष्ट बनेका युवाहरूले देशमा सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको आवश्यकता रहेको भन्दै रास्वपालाई देशको निकासका रूपमा रोजेको बताएका छन्। कार्यक्रममा सहभागी युवाहरूले पुराना दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै अब परिवर्तनको नेतृत्व रास्वपाले गर्ने विश्वास व्यक्त गरे।

पार्टी प्रवेश कार्यक्रममा रास्वपा पर्सा क्षेत्र नं.१ का उम्मेदवार हरि पन्त,जिल्ला सचिव सुदिप प्रजपति, क्षेत्रीय सभापति राम आर्य,दुईको सभापति फैयाज, वीरगञ्ज नगर सभापति ईमान आलम, पोखरिया नगर सभापति प्रदिप पटेल पार्टीको नगर सचिव गौतम श्रेष्ठ,लगायत पार्टीका नेताहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले युवाशक्तिको सहभागिताले पार्टी थप सशक्त बन्दै गएको बताए। उनीहरूले आगामी दिनमा जनताको मुद्दालाई प्राथमिकतामा राख्दै भ्रष्टाचारविरुद्ध दृढ रूपमा उभिने प्रतिबद्धता पनि जनाए।
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।



