Lucky-Khabar_

काङ्ग्रेस गा.प.अध्यक्ष सहित पर्सा चारमा विभिन्न पार्टी परित्याग गरि ५०० जना रास्वपा प्रवेश

बिरगंज ।पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत ठोरी गाउँपालिका–स्थित विजयबस्तीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरी करिब ५०० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

content ad p2

पार्टी प्रवेश गर्नेहरूमा ठोरी गाउँपालिकाका नेपाली कांग्रेस अध्यक्ष सन्तोष श्रेष्ठ, काङ्ग्रेसका जिल्ला सदस्य माईकल श्रेष्ठ, सरिता श्रेष्ठ, सिता श्रेष्ठ, मुनिता यादव लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरू रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव रहेका थिए भने विशिष्ट अतिथिका रूपमा पर्सा–४ का रास्वपा उम्मेदवार टेकबहादुर शाक्य, पर्सा एकका क्षेत्रीय सभापति राम आर्य तथा चारका क्षेत्रीय जितेन्द्र मिश्रको उपस्थिति रहेको थियो।

कार्यक्रममा चारका उम्मेदवार शाक्यले क्षेत्रका जनतालाई शिर ढाडो रहनेगरि कार्य गर्छु भनि घन्टामा भोट दिनु बतानु भयो।
मनतब्यको शिलशिलामा प्रमुख अथिति डा.ननदन यादवले देश्को सहि निकाश अब रास्वपाले मात्र दुनेछ भनि बताए।

ठोरी गाउँपालिकाका रास्वपा अध्यक्ष महादेव बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा धनबहादुर श्रेष्ठले सहजीकरण गरेका थिए।

कार्यक्रममा बिभिन्न वक्ताले रास्वपाको नीति, सिद्धान्त र देश परिवर्तनको एजेन्डाले प्रभावित भई आफूहरू पार्टीमा प्रवेश गरेको बताए।

सम्बन्धित खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर

वनले बस्ती हटाउन खोजेको भन्दै चुरेबासी आन्दोलित, बीपी राजमार्ग अवरुद्ध

लक्की खबर

व्यक्तिगत विवादमा युवकमाथि कुटपिट, एक पक्राउ: बीरगंजको ईदगाह चोक कुटपिट प्रकरण

लक्की खबर